top of page

थालानी

जब कोहि पनि मान्छेसफल हुन्छ त्यस पछि उस्कोजय जयकार हुन्छ, उस्को चर्चापरि चर्चा हुन्छ, गुणगाण गाउन थाल्दछ सबैले।यस्तो देखेर हर कोही पनिसफाल बन्न लालाइत हुन्छनै। यस्तै देखेर नै प्रायसबैले अनेकौ सपना बुन्ने अनेकौयोजनाहरु बनाउने गर्दछौ । तर हरेकमान्छे सफल हुदैन, योपनि ध्रुव सत्य कुरा हो।यतिसम्म कुरा बुझिसके पछिमान्छेहरुले मुख्यतयादुईवोटा धारणा बनाउने गर्दछन- एउटा भाग्यमानि अनिअर्को ट्यालेन्ट। तरपनि मुख्यकुरा जुन थाहा पाउनुपर्ने हो त्यो चैधेरैले थाहा पाएको हुदैनअनि थाहा पाउन पनिचाहादैन त्यो हो त्योसफलता प्राप्त गर्नआघिको संघर्षको काहानि अनि त्यो सफलताआगाडिको अनगिन्न्ति असफलताको कथा। म जिन्दगिमा सफल भएरै छाड्छु भन्नेअठोटहरु पनि यस्ता असफल्ताकाकथाहरुले लङ्गडो बनाईदिन्छ।

हाम्रो सोचांई अब केमा अडिन्छ भने यदि मअसफल भए भने तखत्तम नै हुन्छु, मान्छेले मलाई के भन्लान? हामीयस्तै यस्तै डरको कारणले गर्दानै पहिलो कदम अगाडि बढाउदैनौ। पहिलो कदम अगाडि नबढाईकन दोश्रो अनि तेश्रो हुदैलाखौ कदम कसरि हामीपारगर्न सक्छौ? हामी सधै सोच्नेगर्दछौकि मबाट केहि पनि गल्तिनै नहोस किनकि यदि मबाट गल्ति भयो भने मेरो बिद्वोतामाथि प्रश्न उठ्छ भन्ने हाम्रो त्राश हो, डर हो।त्यसैले गल्ति गर्नबाट डराउछौ अनि हरेक सम्भाबित सफल्ताको सुरुवात नभई अन्त्यको घोषणागर्दछौकि आफ्नोत भाग्यमै छैन वा आफ्नो त भग्य नै खोटो।

कतिपयअबस्थामा हामीले केहि पनि गर्नसकिरहेको हुदैनौ किनकि हामीमा आत्मबिश्वासको कमि हुन्छ ।हामी आफुले आफैलाई भरोसा गर्दैनौ। यदि तपाईले आफुलेआफैलाई बिश्वस गर्नु हुन्न भने तपांईलाई कसरिआरुले बिश्वास गरोस भनेर तपांईलेभन्न सक्नु हुन्छ?

मानावजाति फरक भुगोलमा रहेतापनि फरक रहन सहन, भेषभुषा भएता पनि, फरकवर्ण जाति लिन्ग भएतापनि सबैको आधारभुत कुराहरु प्रक्रितिले समान बनाई दिएकोछ।जुनसुकै ठांऊमा बसोबास गर्ने मान्छे होस, चाहे धनिहोस वा गारिब होस, मुखबाटनै खानेहो, नाकबाटनै स्वाश फेर्ने हो अनि दिमागलेनै सोच्नेहो। सबै कुरा समानहुंदा हुंदैपनि किन कोहि सफलहुन्छ अनि कोहि असफल? संसार भरिको मान्छेको त कुरा छाडौ किन एकै कोखबाट जन्मिएकाकोहि सफल हुन्छन तकोहि चै असफल?

सफलता र असफलतामा एउटै फरक हुन्छ त्यो हो बानि अथवा ब्यबहार(behaviour)| त्यो बानिहो थालनीको। अनि थालनी गरिसकेपछि पुरा गर्ने।यदि तपांई कुनै पनि कुरामा कुनै पनि क्षेत्रमा सफल हुन चाहानु हुन्छ भने त्यस क्षेत्र सम्बन्धि अध्ययन गर्न थाल्नु होश, बुझ्न खोज्नुहोस, जानकारि हासिल गर्न थाल्नुहोस, अनि त्यसमा कर्यन्वयनको लागि योजना हरु बनाउनुहोस अनि त्यसको सुरुवात गर्नुहोस। अब सुरुवात गरिसके पश्चात तपाईलाई थाहानुन्छ कि तपांईले त्यस क्षेत्रमा कति थाहा पाउनु भयो भन्ने कुरा। यस दौरान पनि अनेकौ अप्ठ्याराहरु थपिदै जान्छन, त्यसलाई सामाधान गर्दै जानुभयो भने तपाई सफल पनि बन्न सक्नुहुन्छ। तर तपांईले सुरुवात नै गर्नु भएन भने त सफलता प्राप्त गर्ने कुरै आउदैन।सधै सबै कुरा पर्फेट भएपछि मात्र थालानी गर्ने भनेर पर्खेर नबस्नुहोस। केहि कुरा पनि कहिल्यै पुर्ण हुदैन पर्फेट हुदैन। हरेक कुराहरु समयसंगै अपडेट गर्दै लैजानुपर्छ। किनकि हरेक कुराहरु समयसंगै परिवर्तनसिल छ अनि परिबर्तन भैरहन्छ।

कुनै जमानामा छ महिना लगाएर चिठ्ठिमार्फत सन्चो बिसन्चो सोधासोध हुन्थ्यो आजका पुस्ताले चिठ्ठि लेख्न सम्म कसरि हो थाहा छैन किनकि इन्टरनेटको जामाना आयो सेकेन्ड भर्मा खबर थाहा हुन्छ सिधा सिधी भिडियो कल हुन्छ।हाम्रो ज्ञानको भन्डार पनि यस्तै हो कहिल्यै पनि भरिदैन। हरेक क्षण थप्दै जानेहो तर थप्न सुरुवात चै गर्नु पर्छ।

यहि सुरुवात गर्नलाई बाटो देखाउने मार्गद्रस्टा हो यो थालनी.कम

4 views0 comments

Recent Posts

See All

आजको जमानामा कम्प्युटरभन्ने के भनेर भनिरहनपर्दैन। कम्प्युटरमा एउटा हार्डवेर हुन्छअनि सफ्टवेर मिलेर काम गर्ने गर्छ।हार्डवेर छुन सकिने बाहिरीबस्तुहरु जस्तै मोनिटर, किबोर्ड, माउस, सिपियु जस्ता भौतिक कुरा

bottom of page