Starting Mentality(थालनी मानसिकता)
आजको जमानामा कम्प्युटरभन्ने के भनेर भनिरहनपर्दैन। कम्प्युटरमा एउटा हार्डवेर हुन्छअनि सफ्टवेर मिलेर काम गर्ने गर्छ।हार्डवेर छुन सकिने बाहिरीबस्तुहरु जस्तै मोनिटर, किबोर्ड, माउस, सिपियु जस्ता भौतिक कुराहरु हुन भने सोफ्टवेरहातले छुन नसकिने अभौतिकनिर्देशनको समुहहरु जस्तै वेव ब्राउजर, गेम, वोर्ड प्रोसेसर जस्ता कुराहरु हुन। यहां हार्डवेरमात्र भएर पनि हुदैनअनि सफ्टवेरमात्र पनि भएर पनिकेहि हुदैन। जब हार्डवेर अनिसोफ्टवेर संगसंगै एक साथ मिलेपछिमात्र काम गर्न सम्भवहुन्छ। अब यांहा एउटासामान्य तर बुझ्नुपर्ने कुराके छ भने सोफ्टवेरहार्डवेर भित्रै हुन्छ अनि जस्तो कामगर्ने हो त्यही कामकोसोफ्टवेर हाले पछि सोहिसोफ्टवेरको आग्या पालन गर्दै हार्डवेरलेकाम गर्छ। सोफ्टवेर हालेर मात्र पनि हुदैन त्यसलाई चलाउन पनि जानु पर्योजानेको छैन भने सिक्नुपर्यो , जस्ले जति राम्रोसंग सोफ्टवेर चलाउन जानेको हुन्छ उसले त्यतिनै राम्रो काम गर्न सक्छ।अनिमात्र त्यो कम्प्युटरको उपयोगराम्रोसंग लिन सकिन्छ, अन्यथाजति सुकै महंगो जतिसुकै लेटेस्ट सबै कुरा भएकोकम्प्युटर भए पनि त्योहुनु र नहुनुको अर्थछैन।यांहामैले भन्न खोजेको कुराके हो भने जुनहामीले देखिरहेको देख्न सक्ने हार्डवेरलाई पनि चलाउनलाई पनिअद्रिश्य सोफ्टवेरले काम गर्छ हामीमान्छेमापनि दुरुस्तै सोहि नियम लागुहुन्छ।
हाम्रो पनि शरिर हुन्छतर पनि हाम्रो शरिरलाईचलायमान गर्ने सोफ्टवेररुपि मन हुन्छ, मष्तिस्क हुन्छ र हामी यसैद्वारा सन्चालित छौ। हाम्रो मनलाई पनि छुन तसकिदैन तर छन तछ। मैले आघि पनिभने कम्प्युटरमा अनेकौ काम गर्न सकिन्छअनि गरि पनि रहेकाछन। हामीलाई जस्तो काम चाहिएको होसोहि अनुसारको सोफ्टवेर हाले पछि मात्र हामिसो काम गर्न सक्छौ।जस्तो कि हामीलाई फोटोइडिट गर्न छ भनेफोटो इडिट गर्ने फोटोसपजस्ता सोफ्टवेर हाल्नु पर्यो,भिडियो इडिट गर्न पर्योभने भिडियो इडिट गर्नेखालका सोफ्टवेरहाल्नु पर्यो अनि मात्र त्यसकिसिमको कामहरु गर्न सकिन्छ। अन्यथात्यो सम्भब हुदैन।
हामी मान्छेपनि जस्तोजे बन्ने हो सोहि बमोजिमकोसफ्टवेर हाल्नु पर्छ अथवा सोच हाल्नु पर्छ।तर मैले यसो भन्दा तपांई भन्नु होला त्यसो भए हामी सोच बिनै छौ त? हैन हामीमा आफैमा सोफ्टवेर त छ तर यहा भन्न खोजिएको चै आफुलाई चाहिने अनि आफ्नो काम गर्ने सोफ्टवेरको कुरा हो|हामीमा यहि सोफ्टवेरको कमिले नै हामी सफल हुदैनौ। कतिमा चै यो सफ्टवेर भएर पनि चलाउन जानि रहेका हुदैनौ त्यसैले भने जस्तो नतिजा हामीले पाउन सक्दैनौ। किनकि धेरैमान्छेमा म सफल हुन्छुभन्ने कुरामा भरोसा नै हुदैन| म यतिको कुरामा सफल हुन सक्छु भन्ने नै हुदैन।नत्रतपांई वरिपरिका सर्कलका मान्छेहरुलाई सोध्नुस, धेरैको उत्तर हुन्छ हामीले त त्यस्तो काहांसकिन्छ र? हाम्रो तभग्यमा छैन त्यस्ता राम्राकुरा, आदी इत्यादि।अब तपाईनै भन्नुस यस्तो मान्छेले जिन्दगीमा कति सफल होला?
त्यसैले आजबाटै आफुलाई सफलबनाउने सोचरुपि सोफ्टवेर आफुमा हाल्नुहोस। त्यसलाई समयसंगै अध्यावधि(Update) पनि गर्दै जानुहोस। यो काम अजैबाट थाल्नुहोस, अहिल्यैबाट थाल्नुहोस।
सुभ थालनी!