
Thalani
.com
Psychology Hack
January 14, 2017
Mentality(थालनी मानसिकता)
आजको जमानामा कम्प्युटर भन्ने के भनेर भनिरहन पर्दैन। कम्प्युटरमा एउटा हार्डवेर हुन्छ अनि सफ्टवेर मिलेर काम गर्ने गर्छ। हार्डवेर छुन सकिने बाहिरी बस्तुहरु जस्तै मोनिटर, किबोर्ड, माउस, सिपियु जस्ता भौतिक कुराहरु हुन भने सोफ्टवेर हातले छुन नसकिने अभौतिक निर्देशनको समुहहरु जस्तै वेव ब्राउजर, गेम, वोर्ड प्रोसेसर जस्ता कुराहरु हुन। यहां हार्डवेर मात्र भएर पनि हुदैन अनि सफ्टवेरमात्र पनि भएर पनि केहि हुदैन। जब हार्डवेर अनि सोफ्टवेर संगसंगै एक साथ मिले पछिमात्र काम गर्न सम्भव हुन्छ। अब यांहा एउटा सामान्य तर बुझ्नुपर्ने कुरा के छ भने सोफ्टवेर हार्डवेर भित्रै हुन्छ अनि जस्तो काम गर्ने हो त्यही कामको सोफ्टवेर हाले पछि सोहि सोफ्टवेरको आग्या पालन गर्दै हार्डवेरले काम गर्छ। सोफ्टवेर हालेर मात्र पनि हुदैन त्यसलाई चलाउन पनि जानु पर्यो जानेको छैन भने सिक्नु पर्यो , जस्ले जति राम्रोसंग सोफ्टवेर चलाउन जानेको हुन्छ उसले त्यतिनै राम्रो काम गर्न सक्छ।अनि मात्र त्यो कम्प्युटरको उपयोग राम्रोसंग लिन सकिन्छ, अन्यथा जति सुकै महंगो जति सुकै लेटेस्ट सबै कुरा भएको कम्प्युटर भए पनि त्यो हुनु र नहुनुको अर्थ छैन।यांहा मैले भन्न खोजेको कुरा के हो भने जुन हामीले देखिरहेको देख्न सक्ने हार्डवेरलाई पनि चलाउनलाई पनि अद्रिश्य सोफ्टवेरले काम गर्छ हामीमान्छेमा पनि दुरुस्तै सोहि नियम लागु हुन्छ।
हाम्रो पनि शरिर हुन्छ तर पनि हाम्रो शरिरलाई चलायमान गर्ने सोफ्टवेररुपि मन हुन्छ, मष्तिस्क हुन्छ र हामी यसैद्वारा सन्चालित छौ। हाम्रो मनलाई पनि छुन त सकिदैन तर छन त छ। मैले आघि पनि भने कम्प्युटरमा अनेकौ काम गर्न सकिन्छ अनि गरि पनि रहेका छन। हामीलाई जस्तो काम चाहिएको हो सोहि अनुसारको सोफ्टवेर हाले पछि मात्र हामि सो काम गर्न सक्छौ। जस्तो कि हामीलाई फोटो इडिट गर्न छ भने फोटो इडिट गर्ने फोटोसप जस्ता सोफ्टवेर हाल्नु पर्यो,भिडियो इडिट गर्न पर्यो भने भिडियो इडिट गर्नेखालका सोफ्टवेर हाल्नु पर्यो अनि मात्र त्यस किसिमको कामहरु गर्न सकिन्छ। अन्यथा त्यो सम्भब हुदैन।
हामी मान्छेपनि जस्तो जे बन्ने हो सोहि बमोजिमको सफ्टवेर हाल्नु पर्छ अथवा सोच हाल्नु पर्छ। तर मैले यसो भन्दा तपांई भन्नु होला त्यसो भए हामी सोच बिनै छौ त? हैन हामीमा आफैमा सोफ्टवेर त छ तर यहा भन्न खोजिएको चै आफुलाई चाहिने अनि आफ्नो काम गर्ने सोफ्टवेरको कुरा हो|हामीमा यहि सोफ्टवेरको कमिले नै हामी सफल हुदैनौ। कतिमा चै यो सफ्टवेर भएर पनि चलाउन जानि रहेका हुदैनौ त्यसैले भने जस्तो नतिजा हामीले पाउन सक्दैनौ। किनकि धेरै मान्छेमा म सफल हुन्छु भन्ने कुरामा भरोसा नै हुदैन| म यतिको कुरामा सफल हुन सक्छु भन्ने नै हुदैन।नत्र तपांई वरिपरिका सर्कलका मान्छेहरुलाई सोध्नुस, धेरैको उत्तर हुन्छ हामीले त त्यस्तो काहां सकिन्छ र? हाम्रो त भग्यमा छैन त्यस्ता राम्राकुरा, आदी इत्यादि।अब तपाईनै भन्नुस यस्तो मान्छेले जिन्दगीमा कति सफल होला?
त्यसैले आजबाटै आफुलाई सफलबनाउने सोचरुपि सोफ्टवेर आफुमा हाल्नुहोस। त्यसलाई समयसंगै अध्यावधि(Update) पनि गर्दै जानुहोस। यो काम अजैबाट थाल्नुहोस, अहिल्यैबाट थाल्नुहोस। सुभ थालनी